← समाचारमा फर्कनुस्
Cricket Sep 14, 2024 · Swadesh

एरिका र रोहित वर्ष खेलाडी

एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन्। 

पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन्। 

गत संस्करण शीर्ष तीनको मनोनयनबाट विजेता घोषणा भएको थियो। यसपल्ट भने शीर्ष पाँच नै मनोनयन समावेश गरिएको हो। एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक पाए। भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन्। कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन्। यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए।

पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर साइकल जितिन्। उनलाई  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए। यो अवार्ड विजेता कुशलले पनि पल्सर एनएस २०० मोटरबाइक पाए। उनलाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे। कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदमा एक कांस्य र दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक) मा पदक प्राप्त गरेको थियो।

उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो। प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे। युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए। हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए। उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे।

हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते। १६ वर्षे हेमन्त पाल भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन्। उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन्। एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन्। पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे। पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन्।

लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे। पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरे। स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए। उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन्। प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे। १९औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त ग¥यो।

लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ। सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे। कुल १० विधामध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन्।

यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुबेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे। युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →