← समाचारमा फर्कनुस्
Cricket Jul 14, 2024 · Swadesh

रोहित र दीपेन्द्रले क्यारेबियन लिग खेल्ने

रोहित र दीपेन्द्रले क्यारेबियन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन्।

क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ। यो प्रतियोगिता टी-१० फर्म्याटमा हुने छ।

रोहित मियामी लायन्समा आबद्द भएका हुन्। यो टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीका रुपमा रहनेछन्। त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङरेजले नियुक्त गरेको छ। 

प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →