← समाचारमा फर्कनुस्
Cricket Oct 25, 2025 · Swadesh

ब्याटबाट चम्के रोहित र विराट

ब्याटबाट चम्के रोहित र विराट

रोहित शर्मा र विराट कोहली ब्याटबाट चम्केपछि भारतले तेस्रो तथा अन्तिम वान डेमा अस्ट्रेलियालाई शनिबार नौ विकेटले पराजित गरेको छ । रोहितले १ सय २१ रनको शानदार शतकीय इनिङ्स खेले । उनलाई बलियो साथ दिएका विराटले ७४ रनको योगदान दिए ।


उनीहरूले दोस्रो विकेटका लागि रनको १ सय ६८ नटआउट साझेदारी गरे र भारतले ३८.३ ओभरमा विजयी रन बनाउन सफल रह्यो । रोहितले १ सय २१ बलको सामना गरेर १३ चौका र तीन छक्का प्रहार गरे । विराटले भने ८१ बलको सामना गरे र त्यसमा सात चौका सामेल थियो ।


त्यस अगाडि अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । त्यसमा म्याट रेनसले ५६ र मिचेल मार्सले ४१ रन बनाए । हर्षित राणाले ३९ रनमा चार विकेट हात पारे । तीन वान डेको सिरिज भने अस्ट्रेलियाको पक्षमा २–१ रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →