रियाद डर्बीमा अल हिलालको सानदार पुनरागमन

काठमाडौं। साउदी प्रो लिगको बहुप्रतिक्षित ‘रियाद डर्बी’मा अल हिलालले कट्टर प्रतिद्वन्द्वी अल नासरलाई ३–१ ले पराजित गर्दै सानदार पुनरागमन जित दर्ता गरेको छ।
किंग्स एरिनामा क्रिस्टियानो रोनाल्डोको सुरुआती गोलका बाबजुद दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको अल नासरले हार बेहोर्नु परेको हो।
खेलको ४२औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अल नासर आक्रामक देखिए पनि दोस्रो हाफमा खेलको लय पूर्ण रूपमा अल हिलालतर्फ मोडियो।
५७औँ मिनेटमा हिलालका कप्तान सालेम अल–दौसारीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि नै नासरका गोलकिपर नवाफ अल–अकिदीले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली झन् दबाबमा पर्यो।
१० खेलाडीमा सीमित नासरविरुद्ध अल हिलालले निरन्तर आक्रमण जारी राख्यो। खेलको ८१औँ मिनेटमा मोहम्मद कान्नोले गोल गर्दै हिलाललाई २–१ को अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा रुबेन नेभेसले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै हिलालको जित सुनिश्चित गरे।
गोल गरे पनि टोलीको हार टार्न नसक्दा रोनाल्डो निराश देखिए। खेलको ८३औँ मिनेटमा उनलाई प्रशिक्षकले मैदानबाट बाहिर बोलाउँदा उनी केही आक्रोशित भावमा देखिएका थिए।
यो जितसँगै हिलाल लिग तालिकाको शीर्ष स्थानमा अझ मजबुत बनेको छ। हिलालको अंक ३८ पुगेको छ भने दोस्रो स्थानमा रहेको नासर ३१ अंकमा सीमित भएको छ। ७ अंकको यो अन्तरले हिलाललाई उपाधि दौडमा स्पष्ट अग्रता दिलाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |