राइजिङ स्टार्स महिला एसिया कपका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं। फेब्रुअरी १३ तारिखदेखि थाइल्यान्डमा सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला टोलीलाई मंगलबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले बिदाइ समारोहमा पूजा महतोको कप्तानीमा नेपालले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो। नियमित कप्तान इन्दु बर्मा चोटका कारण बाहिरिएपछि उपकप्तान महतोलाई टोलीको नेतृत्व सुम्पिएको क्यानले जनाएको छ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलका क्रममा घाइते भएकी इन्दु बर्मा करिब आठ महिना मैदान बाहिर रहने बताइएको छ। त्यसैले टोलीले नयाँ नेतृत्वमा एसिया कप खेल्न लागेको हो।
नेपाली टोलीमा पूजा महतोसँगै विन्दु रावल, सम्झना खड्का, रुबी पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी समावेश छन्।
समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगितामा पाकिस्तान, भारत ‘ए’ टोली र युएईसँग प्रतिस्पर्धा गर्नेछ। यता समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड रहेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |