TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 27, 2026 · Swadesh

रेनुका नगरकोटे सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित

रेनुका नगरकोटे सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा एपीएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटे सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छिन् । 

शनिबार योङ स्टार फाउण्डेसनले भाटभटेनीमा गरेको  एक कार्यक्रममा रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गर्दै एक लाख रुपैँया प्रदान गरेको हो । 

योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन चन्द्र सिंहले अवार्ड र पुरस्कार रकम प्रदान गरेका थिए । विशेष अतिथि नेपाली राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान अनु लामा रहेकी थिइन् । यस्तै कार्यक्रममा एपिएफकै प्रशिक्षक जीवेशकुमार पाण्डेको पनि उपस्थिति थियो । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न सुरु गरेको हो । घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए । 

रेनुकाले सन् २०१० देखि नियमित रुपमा नेपाली महिला टिमबाट खेलिरहेकी छिन् । त्यसयता सबैभन्दा धेरै ६३ खेल खेलेकी छिन् । उनले २० खेलमा कप्तानी जिम्मेवारी पाएकी थिइन् । हाल रेनुका विभागीय टोली एपिएफबाट खेलिरहेकी छिन् । 

सम्मानित भएपछि रेनुकाले एकदमै खुशी लागेको प्रतिक्रिया दिइन् । ‘यो अवार्ड पाउँदा धेरै खुसी छु । परिवारकै कारण नेपाली फुटबलमा लगातार योगदान गर्न पाएको छु,’ रेनुकाले भनिन्, ‘यो अवार्डसहित सम्मान गर्नुभएकोमा फाउन्डेसप्रति आभारी छु । यस्ता अवार्डले गर्दा लगातार खेलकुदमै लाग्न प्रेरित गरिरहेको हुन्छ ।’

सोही कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक विमोचन गरिएको छ । योङ स्टार फाउन्डेसका अध्यक्ष मोहन चन्द्र सिंहबाटै लेखिएको कितावमा उनले आफ्नो जिवनको भोगाई, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषय समावेश गरेका छन् । 

कार्यक्रममा मिडिया क्षेत्र, खेलकुद क्षेत्र, र उड्डयन क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 2 4
2 Ghana 2 4
3 Croatia 2 3
4 Panama 2 0
सबै समूह →