रियल म्याड्रिडले बार्सिलोनाको अंक बराबरी गरे

ला लिगा १३औं राउन्डमा, रियल म्याड्रिडले घरेलु मैदानमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै सेल्टा भिगोलाई २-१ ले पराजित गर्यो। बेलिङ्घमले बराबरी गोल फर्काए भने विकल्प खेलाडी कार्लोस एस्पीले ८५औं मिनेटमा निर्णायक गोल गरे। यो जितपछि रियल म्याड्रिडको अंक बार्सिलोनासँग ३३ अंकमा बराबर भएको छ, तर गोल भिन्नतामा पछि रहेकाले दोस्रो स्थानमा छ।
खेल सुरु भएको छैठौं मिनेटमै, पाब्लो दुरानले स्वेडबर्गको पासमा गोल गर्दै सेल्टालाई १-० को अग्रता दिलाए। खेलको ३९औं मिनेटमा, एम्बाप्पेले पेनाल्टी क्षेत्रमा फाउल भएपछि पेनाल्टी पाए, तर उनको प्रहार क्रसबारभन्दा माथि गयो, बराबरी गर्ने राम्रो अवसर चुकाए।
दोस्रो हाफमा भिनिसियस विकल्प खेलाडीको रूपमा मैदान प्रवेश गरेपछि, आक्रमणमा सुधार आयो। खेलको ६६औं मिनेटमा, भिनिसियसले बायाँबाट पास दिए, एम्बाप्पेले पास फर्काए, बेलिङ्घमले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै बराबरीगोल गरेको थियो।
त्यस्तै खेलको ८५औं मिनेटमा, भिनिसियसको क्रसमा एस्पीले प्रहार गर्दै गोल गरे, रियल म्याड्रिडलाई २-१ को जित दिलाए।
यस खेलपछि रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार ९ खेल जितको कीर्तिमान कायम राखेको छ, ला लिगामा ३३ अंक जोडेको छ, बार्सिलोनासँग अंक बराबर तर गोल भिन्नतामा पछि परेकाले दोस्रो स्थानमा छ। सेल्टा भिगो १३ अंकसहित १३औं स्थानमा छ।
हिजो भएको बाकी खलेको जानकारी
सेभिया १-१ रियल बेटिस
एन्टोनीले बेटिसलाई अग्रता दिलाए, कीके सालासले इन्जुरी समयमा बराबरी गोल फर्काए, दुवै टोलीले एक-एक अंक बाँडे।
भ्यालेन्सिया १-० रायो भाइकानो
होजे कोपेटेको गोलले भ्यालेन्सियालाई जित दिलाए, टोली अस्थायी रूपमा रेलिगेसन क्षेत्रबाट बाहिरियो।
अलाभेस ३-१ डेपोर्टिभो
अलाभेसले घरेलु मैदानमा पूर्ण तीन अंक हासिल गर्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |