← समाचारमा फर्कनुस्
Football Nov 22, 2026 · Swadesh

म्यानचेस्टर सिटी र फुलहाम बिच बराबरी

म्यानचेस्टर सिटी र फुलहाम बिच बराबरी

 इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिबार राति इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटी र फुलहामले १-१ गोलको बराबरी खेलेका छन्। यो बराबरीसँगै सिटीले प्रिमियर लिगमा लगातार चार खेल जित्न सकेन ।

खेलको १६औं मिनेटमा पूर्व सिटी खेलाडी ओस्कार बोबको पासमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहामलाई १-० को अग्रता दिलाए । २५औं मिनेटमा हाल्याण्डले गोल गरे पनि रेफ्रीले गोलकिपर लेनोलाई फाउल गरेको ठहर गर्दै गोल रद्द गरे । भिएआरले पनि उही निर्णय कायम राख्यो ।

दोस्रो हाफको ५७औं मिनेटमा कर्नर किकपछि एलियट एन्डरसनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार गोलमा परिणत भयो र सिटीले खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् र खेल १-१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीले फुलहामको सिटीविरुद्ध सबै प्रतियोगितामा लगातार २० हारको रेकर्ड पनि अन्त्य भयो । यसअघि सिटी एस्टन भिला, ब्राइटन र नटिङ्घम फरेस्टसँग पराजित भएको थियो ।

खेलपछि सिटीका प्रशिक्षक मारेस्काले टोली कठिन क्षणबाट गुज्रिरहेको स्वीकार गर्दै रक्षापंक्तिमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘हामीले पहिलो २० मिनेटमै धेरै गोल खाएका छौं, यसलाई सुधार्नुपर्छ ।’

यो नतिजापछि सिटी २२ अंकसहित तेस्रो स्थानमा छ भने फुलहाम ११ अंकसहित १४औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →