चेल्सीको घरमै लिड्सको ऐतिहासिक विजय

इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ४-१ गोलले पराजित गरेको छ। यो १९९९ पछि लिड्सले चेल्सीको मैदानमा पहिलो पटक जितेको खेल हो ।
खेलको सुरुमा चेल्सीले २५औं मिनेटमा इमानुएल एमेघाको गोलमार्फत अग्रता लिएको थियो। तर लिड्सले तीन मिनेटपछि नोआ ओकाफोरको गोलमार्फत खेल बराबरीमा ल्यायो ।
दोस्रो हाफमा चेल्सीको रक्षापंक्ति पूर्ण रूपमा भत्कियो। ५३औं मिनेटमा डोमिनिक क्याल्भर्ट-लेविनले पेनाल्टीबाट गोल गर्दै लिड्सलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि ओकाफोरले व्यक्तिगत दोस्रो गोल गरे। खेलको इन्जुरी टाइममा ब्रेन्डन एरोनसनले एक गोल थप्दै लिड्सको फराकिलो जित सुनिश्चित गरे ।
यो जितपछि लिड्स १७ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने चेल्सी १६ अंकसहित आठौं स्थानमा झरेको छ । चेल्सीका प्रशिक्षक जाबी अलोन्सोले खेलपछि टोलीको मनोबल कमजोर रहेको स्वीकार गर्दै भने, ‘हामीले आत्मविश्वास गुमाएका छौं, यो कठिन समय हो’ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |