← समाचारमा फर्कनुस्
Football Nov 22, 2026 · Swadesh

आर्सनल र न्युकासलबिच बराबरी, आर्सनलको शीर्ष स्थानको अग्रता कायम

आर्सनल र न्युकासलबिच बराबरी, आर्सनलको शीर्ष स्थानको अग्रता कायम

इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनल र न्युकासल युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्। यो बराबरीसँगै आर्सनलको लिगमा लगातार चार खेल जित्ने क्रम रोकिए पनि शीर्ष स्थानको अग्रता कायमै छ ।

खेलको ३३औं मिनेटमा इबेरेची एजेले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए । पहिलो हाफमा आर्सनलले पूर्ण नियन्त्रण राखेको थियो ।

तर दोस्रो हाफ सुरु भएपछि न्युकासलले खेलमा फर्किने प्रयास गर्यो । ४९औं मिनेटमा हार्वे बार्न्सले गोल गर्दै खेल १-१ मा ल्याए । ६२औं मिनेटमा मालिक थियाउले कर्नर किकपछि गोल गर्दै न्युकासललाई २-१ को अग्रता दिलाए । यसैबीच आर्सनलका गोलकिपर डेभिड राया घाइते हुँदै मैदानबाट बाहिरिए, जसले टोलीलाई थप दबाबमा पार्यो ।

७८औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् र खेल बराबरीमा टुंगियो ।

खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले दोस्रो हाफमा टोलीको प्रदर्शनमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘मलाई लाग्छ आज हामीले दुई अंक गुमायौं । पहिलो हाफमा हामी उत्कृष्ट थियौं, तर दोस्रो हाफमा हामीले स्तर कायम राख्न सकेनौं ।'

यस नतिजापछि आर्सनल ११ खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ । न्युकासल १३ अंकसहित १३औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →