← समाचारमा फर्कनुस्
रियलको मड्रिड विजयी

काठमाडौं । नयाँ सिजनअघिको क्लब मैत्रिपुर्ण खेलमा रियल मड्रिड विजयी भएको छ।
बुधबार बिहान भएको खेलमा रियलले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई २–१ ले पराजित गरेको हो।
रियलको जितमा लुकास भाजक्वेज र ब्राहिम डियाजले गोल गरे। यता, चेल्सीका लागि नोनी मडुकेले गरेको गोल सान्त्वना बन्यो।
खेलको १९औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। २७औं मिनेटमा ब्राहिम डियाजले अग्रता दोब्बर बनाए।
३९औं मिनेटमा नोनी मडुकेले गोल गरेपनि चेल्सीलाई जिताउन सकेनन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा रियल विजयी भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |