च्याम्पियन्स लिगमा रियलको विजयी सुरुआत

काठमाडौं । साविक विजेता रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा रियालले स्टुटगार्टलाई ३–१ गोलले पराजित गरेको हो।
रियालको जितमा किलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले गोल गरे। स्टुटगार्टका लागि डेनिज युन्डेभले गोल फर्काए।
दोस्रो हाफको सुरुआतमै एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ६८औं मिनेटमा युन्डेभले स्टुटगार्टका लागि बराबरी गोल गरे।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रुडिगरले गोल गर्दा रियाल २–१ ले अगाडि बढाए। इन्जुरी समयमा एन्ड्रिकले गोल गर्दै रियाललाई सुखद सुरुआत दिलाए।
लिग अन्तर्गतकै अन्य खेलमा बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९–२, स्पोर्टिङ सिपी लिस्बनले लिललाई २–०, एस्टन भिल्लाले योङ ब्वाइजलाई ३–० तथा लिभरपुलले एसी मिलान र युभेन्टसले पिएसभीलाई समान ३–१ ले पराजित गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |