एम्बापेको डेब्यु गोल, रियललाई कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि

काठमाडौँ । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले रियलका लागि आफ्नो डेब्यु खेलमै गोल गरेपछि स्पेनिस महारथि रियल मड्रिडले कीर्तिमानी छैटौंपटक युईएफए सुपर कपको उपाधि जितेको छ।
बुधबार राति सम्पन्न फाइनल खेलमा रियलले इटालियन सिरी ए क्लब एटलान्टालाई २–० गोलले पराजित गरेको हो।
रियलेको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे।
जितसँगै रियलले कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको छ। यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलोनाले पाँचपटक उपाधि जितेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलका लागि खेलको ५९औँ मिनेटमा भाल्भेर्दोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
६८औँ मिनेटमा डेब्यु खेल खेलेका एम्बापेले गोल गर्दै रियलको २–० को जित पक्का गरे। गत जुलाई एकमा मात्रै रियलमा आएका एम्बापेले आफ्नो पहिलो खेलमै गोल गर्दै रियलबाट पहिलो उपाधि समेत जितेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |