← समाचारमा फर्कनुस्
Football Aug 02, 2026 · Swadesh

रियल म्याड्रिड र फियोरेन्टिना बराबरीमा

रियल म्याड्रिड र फियोरेन्टिना बराबरीमा

प्रि-सिजन मैत्रीपूर्ण खेलमा रियल म्याड्रिडले दुई गोलको सहज अग्रता गुमाउँदै इटालियन क्लब फियोरेन्टिनासँग २–२ गोलको बराबरी खेलेको छ। अष्ट्रियाको क्लागेनफर्टस्थित वोर्थरसी स्टेडियममा भएको यस खेल जोसे मौरिन्होको पुनःआगमनपछिको पहिलो खेल पनि हो।


रियल म्याड्रिडले सुरुआती दबाब बनाउँदै १२औं मिनेटमा गोल गर्यो। अल्भारो क्यारेरासको पासमा एन्ड्रिकले पेनाल्टी क्षेत्रभित्रबाट सट प्रहार गर्दा गोल गरेको थियो। त्यस्तै खेलको २४औं मिनेटमाड कामाभिङ्गाको पासमा एलेक्सिस सिरियाले गोल गर्दै रियलले अग्रता दोब्बर बनायो।


तर, पहिलो हाफकै अन्तिमतिर फियोरेन्टिनाले प्रतिक्रिया दियो। ४१औं मिनेटमा रोबर्टो पिकोलीको शक्तिशाली प्रहारले गोल गर्दै २–१ नतिजामा पुऱ्यायो।


दोस्रो हाफमा फियोरेन्टिना अझ आक्रामक बन्यो र ५८औं मिनेटमा सफलता पायो। निकोलो फाजियोलीको पासमा मोइसे केनले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए र खेल बराबरीमा सकियो।


यो जोसे मौरिन्होको सन् २०१३ पछि रियल म्याड्रिडको प्रशिक्षकका रूपमा पहिलो खेल हो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →