← समाचारमा फर्कनुस्
Cricket Apr 02, 2023 · Nepalsports

राजस्थान रोयल्सले विजयी शुरुवात

राजस्थान रोयल्सले विजयी शुरुवात

काठमाडौ- जारि इण्डियन प्रिमियर लिग (आइपिएल) मा भर्खरै समपन्न खेलमा  राजस्थान रोयल्सले विजयी शुरुवात गरेको छ ।

राजस्थानले सनराइजर्स हैदरावादलाई ७२ रनले पराजित गरेको हो।

राजस्थानले जितका लागी दिएको २०४ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

सनराइजर्सका लागि अब्दुल समादले अविजित ३२ रन बनाउदा मयंक अग्रवालले २७, ह्यारी ब्रुकले १३ र अदिल रशिदले १८ रन बनाए।

राजस्थानका लागी युजवेन्द्र चहलले सर्बाधिक ४ विकेट लिदा  ट्रेन्ट बोल्टले २ तथा जासन होल्डर र आर आश्विनले समान १-१ विकेट लिए ।

त्यसअघि अटस हारेर पहिला ब्याटिंग गरेको राजस्थानका लागी कप्तान सन्जु सामसनले ५५ रन बनाउदी जस बटलरले ५४ र यशस्वी जैसवालले ५४ रन बनाए। त्यस्तै शिमरोन हेटमेयरले अविजित २२ रन बनाए।

सनराइजर्सका लागी फजाल्हक फारुकी र नटराजनले समान २-२ विकेट लिदी  उमरान मलिकले एक विकेट लिए।

यो जितसंगै राजस्थानले लिगमा २ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →