← समाचारमा फर्कनुस्
Cricket Nov 27, 2024 · Swadesh

ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने

ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने

काठमाडौँ । हाइपयती इभेन्ट्स र ई-प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा 'ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप-२०८१' आयोजना हुने भएको छ । 

प्रतियोगिताका छनोट खेलहरू पुस ३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । छनोट चरणपछि प्रत्येक प्रदेशका विजेता टोलीलाई फाइनल चरणको प्रतियोगितामा सहभागी गराइने छ । फाइनल चरणको प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । 

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिने पाउने आयोजकले जनाएको छ । प्रदेशस्तरीय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारका अतिरिक्त अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पनि पाउने छ । फाइनल चरणको प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसहित च्याम्पियन्स ट्रफी हात पार्ने आयोजकले जनाएको छ । फाइनल चरणको प्रतियोगिताको उप-विजेता टोलीले भने ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । 

फाइनल चरणको प्रतियोगितामा विभिन्न चार विधामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । छनोट र फाइनल चरणको प्रतियोगितामा गरी कुल ५७ टोलीको प्रतिस्पर्धा रहने बताइएको छ ।

छनोट प्रतियोगिताहरू इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेतको वीरेन्द्रनगर, धनगढी र काठमाडौँमा सम्पन्न हुनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →