← समाचारमा फर्कनुस्
Cricket May 20, 2023 · Shishir

आईपीएलमा पञ्जाबलाई राजस्थानले हरायो

आईपीएलमा पञ्जाबलाई राजस्थानले हरायो

काठमाडौ- जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्सले जित हासिल गरेको छ। यो जितसँगै राजस्थानले प्लेअफमा जाने सम्भावना कायमै राखेको छ।

 खेलको अन्तिम ओभरमा ध्रुव जुरेलको छक्कासँगै राजस्थानले जितेको हो। यो हारसँगै पञ्जाबको प्लेअफको सपना भने अन्त्य भएको छ। राजस्थान अंकतालिकाको पाँचौं नम्बरमा पुगेको छ तर उसले प्लेअफमा जाने/नजाने निर्णय अन्य टिमको हारमा निर्भर रहनेछ।

शुरूआती ब्याटिङ गर्दै पञ्जाबले ५ विकेटमा १८७ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै राजस्थानका खेलाडी यशस्वी जयसवाल, देवदत्त पडिक्कल र हिमरन हेटमायरको सानदार प्रदर्शनका कारण जित सम्भव भयो। यशस्वीले ५० र देवदत्तले ५१ रन बनाए भए हेटमायरले २८ बलमा ४६ रनको योगदान गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →