आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हराएको हो।
पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो।
उसका कप्तान सन्जु स्यामसनले सर्वाधिक ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए ।
पन्जाबका नाथन एलिसले सर्वाधिक ४ तथा अर्शदिप सिँहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।
उसका लागी कप्तान शिखर धवन सर्वाधिक ८६ रन बनाउदा प्रभसिमरन सिंह ६० रन बनाए।
राजस्थानका लागी जेसन होल्डरले २ विकेट लिदा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समाव १-१ विकेट लिए।
दुवै खेल जितेको पन्जावको चारअंक भएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |