← समाचारमा फर्कनुस्
Cricket Feb 03, 2025 · Swadesh

कप्तान पूजा आइसिसी 'टिम अफ दी टुर्नामेन्टमा'

कप्तान पूजा आइसिसी 'टिम अफ दी टुर्नामेन्टमा'

काठमाडौं । नेपाली महिला यू- १९ टोलीकी कप्तान पूजा महतो आइसिसी यू- १९ महिला विश्वकपको 'टिम अफ दी टुर्नामेन्टमा' परेकी छिन्।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीमा नेपालकी पूजा पनि परेकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रको एक मात्र खेलाडी हुन्।  

उनको कप्तानीमा नेपालले पहिलो पटक महिला यू- १९ विश्वकप खेलेको थियो। नेपाल विश्वकपमा समूह चरण अन्तर्गत भएको तीनै वटा खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न असफल भएको थियो। 

सो विश्वकपमा उनले ९ विकेट समेत लिएकी थिइन्। हालै उनी घरेलु मैदानमा आयोजना भइरहेको त्रिकोणात्मक सिरिजमा सिनियर टिमबाट पनि खेलिरहेकी छिन्। 

टिम अफ द टुर्नामेन्ट :

जि त्रिसा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डाभिना पेरिन (इंग्ल्यान्ड), जी कमलिनी (भारत), कामोम्ह ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (दक्षिण अफ्रिकी) (कप्तान), केटी जोन्स (विकेटकिपर) (इंग्ल्यान्ड), आयुषी शुक्ला (नेपाल), चामोदी प्रवोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थावीसेंग निनी (दक्षिण अफ्रिका)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →