पूजाको कप्तानीमा एसिया कप खेल्ने नेपाली टोली घोष्णा

काठमाडौं । पूजा महतोको कप्तानीमा एसिसी यु–१९ महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पूजाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
गत महिना आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेलेको टोलीमा एक परिवर्तन भएको छ। मनिषा उपाध्याय बाहिरिँदा अनु कडायतले मौका पाएकी छन्।
आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दैछ।
प्रतियोगिता मंसिर ३० देखि पुस ७ सम्म युएईमा हुँदैछ। समूह ‘बी’मा नेपाल, भारत र पाकिस्तान छन्। नेपालले पुस १ मा पाकिस्तान र २ मा भारतको सामना गर्नेछ।
१४ सदस्यीय नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर) कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |