← समाचारमा फर्कनुस्
Cricket Nov 18, 2025 · Swadesh

पुबुदु आएयता खुसी विराटनगर

पुबुदु आएयता खुसी विराटनगर
सबैले दोहराएर भन्ने के हो भने नेपाली घरेलु क्रिकेटलाई कोही दुई प्रशिक्षकले साँच्चै राम्रोसँग बुझेको छ भने ती हुन्, पुबुदु दसानायेके र मोन्टी देसाई । त्यसमध्ये मोन्टी काठमाडौंमा प्रशिक्षक हुन् । श्रीलंकाली मूलका पुबुदु भने यसपल्ट विराटगनर किंग्सका प्रशिक्षक हुन् । उनकै नेतृत्वमा त हो, पोहोर नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन जनकपुर बोल्ट्सले उपाधि जितेको । 


यस्तोमा प्रश्न हो, के यसपल्ट पुबुदुको नेतृत्वमा विराटनगरकले सिजन–टुमा तहल्का मच्चाउने छ त ? कम्तीमा विराटनगरले यस्तै विश्वास गरेको छ । अहिलेको लागि पुबुदु आएयता विराटनगर खुसी पनि देखिन्छ । गत सिजन विराटनगरको प्रदर्शन राम्रो रहेन् । जति सुकै प्रचार प्रसार भएता पनि मैदानमा विराटनगरले लिग चरणका सातमध्ये दुई खेल मात्र जित्यो । 


नतिजा विराटनगर प्ले–अफ पनि पुग्न सकेन् । त्यसैले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरको यसपल्टको पहिलो उद्देश्य भनेको शीर्ष चारमा प्रवेश नै हुनेछ र त्यसैले उनलाई प्ले–अफका लागि योग्य बनाउने छ । त्यसैले विराटनगरले यसपल्टका लागि केही चलेका खेलाडी अनुबन्ध गरेको छ । तर टिममा समस्या अझै पनि ब्याटिङमै रहेको मानिएको छ । 


काठमाडौं गोर्खाजविरुद्धको अभ्यास खेलमा विराटनगर ४३ रनमै अलआउट भएपछि ब्याटिङलाई लिएर गम्भीर प्रश्न उठेको थियो । त्यसैले पनि टिम धेरै अर्थमा ब्याटिङका लागि लोकेश बम र अन्य विदेशी खेलाडीमा निर्भर हुनेछ । को हुन् त यी विदेशी खेलाडी । यसको उत्तर भने सजिलो छ, फाफ डे फ्लेसिस र मार्टिन गप्टिल । के उनीहरूले विराटनगरको उद्धार गर्नेछन् त ? 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →