← समाचारमा फर्कनुस्
Cricket Nov 28, 2025 · Swadesh

प्रियंकको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

प्रियंकको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ। ओपनर प्रियंक पञ्चालको अर्धशतकमा कर्णाली यक्सले विराटनगर किंग्सलाई   रनकोल लक्ष्य प्रस्तुत गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो। 


कर्णालीको लागि प्रियंक पञ्चालको अर्धशतकिय पारी खेले। उनले ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै, विलियन बोसिस्टोले ४८ रन बनाए। उनले ४८ बलमा दुई चौका प्रहार गरे।


दोस्रो विकेटको लागि विलियन र प्रियंकले ९२ रनको साझेदारी गरे। मार्क वार्ड ९ बलमा ६ रन बनाएर क्याच आउट भए। गुलसन झाले १० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २० रन बनाएर आउट भए। 


यता, विराटनगरको लागि बलिङतर्फ मर्चान डि लेङ्ले र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए। 


जारी प्रतियोगितामा चार खेलमा विराटनगरले तीन जित र एक हार ब्यहोरेको छ भने कर्णालीले तीन खेलमा एक जित र दुई खेलमा पराजय ब्यहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →