प्रतिभा सुपर लिग : १२ विद्यालयको सहभागिता, विजेताले ३० हजार पाउने

पोखरा। पोखराको शैक्षिक सान प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा तथा पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने भएको छ।
प्रतियोगिता माघ १८ गतेदेखि २५ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा कास्की जिल्लाअन्तर्गतका १२ वटा विद्यालयका टिम सहभागी हुने आयोजकले जनाएको छ।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियमअनुसार खेलाइने छ। विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूमा खेलकुदमार्फत भातृत्व, अनुशासन, नेतृत्व, सहकार्य र खेल भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
प्रतियोगिताको विजेताले ३० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई २० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। साथै, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज तथा म्यान अफ द म्याचजस्ता व्यक्तिगत विधामा पनि ट्रफीसहित सम्मान गरिने छ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले कास्की जिल्ला अन्तर्गतको यु–१९ क्रिकेट टिममा छनोट हुने अवसर पाउनेछन्। यस प्रतियोगिताले स्थानीय क्रिकेटको स्तर उकास्न तथा नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |