TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 24, 2026 · Swadesh

पोर्चुगलको जितमा रोनाल्डोको लय

पोर्चुगलको जितमा रोनाल्डोको लय

क्रिस्टियानो रोनाल्डो लयमा फर्केपछि पोर्चुगलले विश्वकप २०२६ मा बुधबार उज्वेकिस्तानलाई सजिलै ५–० ले पराजित गरेको छ । यो जितपछि पोर्चुगलको नकआउट चरण पुग्ने सम्भावना पनि बलियो भएको छ ।

खराव प्रदर्शनका कारण आलोचनाको शिकार भइरहेका रोनाल्डोले छैटौं र ३९ औं मिनेटमा गोल गरे । यस्तै नुनो मेन्डिसले १७ र राफेल लिओले ८७ औं मिनेटमा एक एक गोल थपे । अर्को एक गोल भने अब्दुभोहिड नेभेटोभोको नाममा ६० औं मिनेटमा आत्मघाती रह्यो ।

यो जितपछि पोर्चुगल चार अंकमा समूह के को शीर्षमा रह्यो । उसको पछाडि कोलम्बियाको तीन अंक छ । यस्तै डीआर कंगो भने एक अंकमा छ । उज्वेकिस्तानको भने लगातार दोस्रो हारपछि शून्य अंक छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Portugal 2 4
2 Colombia 1 3
3 Congo DR 1 1
4 Uzbekistan 2 0
सबै समूह →