रोनाल्डोको नयाँ कीर्तिमान, पोर्चुगल अन्तिम १६ मा

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएको खेलमा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल गरेको छ।
युरोकप २०२४ अन्तर्गत समूह एफको शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो।
योसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा र ब्रुनो फर्नान्डेसले समान एक गोल गरे। अर्को गोल भने उपहार पाएको थियो।
यस खेलमा गोल नगरेपनि रोनाल्डोले नयाँ कीर्तिमान भने बनाएका छन्। यस खेलमा तेस्रो गोलको लागि ब्रुनोलाई पास उपलब्ध गराएसँगै रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन्। कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन्।
सिल्भाले पोर्चुगललाई २१औँ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि नै पोर्चुगलले उपहार गोलमार्फत खेलमा २–० को अग्रता बनायो।
५५औँ मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरेपछि पोर्चुगल ३–० ले विजयी भयो। दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।
पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको जित हासिल गरेको पोर्चुगल एक खेलअगाबै अन्तिम १६ मा प्रवेश गरेको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |