← समाचारमा फर्कनुस्
Football Jun 27, 2024 · Swadesh

पोर्चुगल जर्जियासँग २-० ले पराजित

पोर्चुगल जर्जियासँग २-० ले पराजित

काठमाडौं । युरोकप २०२४ अन्तर्गत पोर्चुगल समूह "एफ" को अन्तिम खेलमा पराजित भएको छ।

जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिवार बिहान सम्पन्न खेलमा पोर्चुगल जर्जियासँग २-० गोलले पराजित भएको हो। यद्यपि हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै क्भारात्क्षेलियाले बलियो टोलीले पोर्चुगलविरुद्ध अग्रता दिलाए। पहिलो हाफमा एक शुन्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल ब्यहोर्यो।

५७औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो। पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।

यसै समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो। पोर्चुगल र टर्की समान छ अंकका साथ क्रमशस् शीर्ष दुई स्थानमा रहे। यता, एक अंक जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →