← समाचारमा फर्कनुस्
Football Jul 02, 2024 · Swadesh

स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । स्लोभानियालाई हराउँदै पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

फ्रान्कफर्टमा मंगलबार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो। 

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पोर्चुगलका गोलरक्षक कोस्टाले स्लोभानियाको तीनै पेनाल्टी विफल पार्दा पारे। 

त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको १०५ औं मिनेटमा प्राप्त पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो। रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान तथा गोलरक्षक यान ओब्लाकले विफल पारेका थिए।

तर, पेनाल्टीमामा स्लोभानियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे। लगत्तै कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गरे। कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे।

जितसँगै पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →