← समाचारमा फर्कनुस्
लगातार दोस्रो जित हासिल गर्दै पुलिस शीर्ष स्थानमा

काठमाडौं । नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले संकटा क्लबलाई २-० गोलले पराजित गरेको हो।
पुलिसको जितमा दुवै गोल रञ्जित लामाले गरे। यो जितसँगै दुई खेलमा ६ अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित संकटा अंकविहिन छ।
पहिलो खेलमा पुलिसले थ्री स्टार क्लबलाई ७–२ गोल अन्तरले पराजित गरेको थियो भने संकटा मनाङ मर्स्याङदी क्लबसँग १-० ले पराजित भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा रञ्जितले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै पुन: व्यक्तिगत दोस्रो गोल गर्दै रञ्जितले पुलिसलाई २-० को जित दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |