← समाचारमा फर्कनुस्
एन्फा यु–१८ लिग : पुलिस शीर्ष स्थानमा

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार सम्पन्न खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई ३–१ गोलले पराजित गरेको हो।
पुलिसको जितमा कप्तान सुवास बमले दुई र साजनराज गौतमले एक गोल गरे। जावलाखेलका लागि निशान राईले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै पुलिसले चार खेलमा १० अंक जोडर शीर्ष स्थानमा उक्लिएको छ। पराजित जावलाखेलको समान खेलबाट दुई अंक छ।
खेलको २५औं मिनेटमा सुवासले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थियो। त्यसको सात मिनेटपछि पुन सुवासले नै टोलीको अग्रता दोब्बर बनाए।
साजनले ४४औं मिनेटमा पुलिसका लागि तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा निशाले गोल गर्दै खेललाई ३–१ को स्थितीमा ल्याए।
त्यसपछि थप गोल हुन सकेन र पुलिस विजयी भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |