← समाचारमा फर्कनुस्
Football Sep 08, 2024 · Swadesh

बागमतीमाथि पुलिसको जित

बागमतीमाथि पुलिसको जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि जित हासिल गरेक छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा पुलिसले बागमतीलाई १–० ले पराजित गरेको हो। जारी लिगमा पुलिसको दोस्रो जित हो। यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ गोल गरेको थियो।

जितसँगै दोस्रो स्थानमा रहेको पुलिसले सात अंक पुर्‍याएको छ, जुन शीर्ष स्थानको कोशीको भन्दा दुई अंक कम हो। बागमतीको भने यो दोस्रो हार हो। पहिलो खेलमा संकटा क्लबलाई १–० ले पराजित गरेको बागमती दोस्रो खेलमा कोशीसँग २–१ ले पराजित भएको थियो।

पुलिसको जितमा निर्मला उपाध्ययले ६५औं मिनेटमा गोल गर्दै तीन अंक दिलाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →