← समाचारमा फर्कनुस्
एन्फा महिला लिग : कोशीमाथि पुलिसको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबल एन्फा महिला लिग कोशी प्रदेश महिला फुटबल संघमाथि सहज जित निकालेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्मा बुधबार भएको पहिलो खेलमा पुलिसले कोशीमाथि ४–० को सहज जित निकालेको हो।
पुलिसको जितमा अनुस्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जौसीले समान एक एक गोल गरिन्।
जितसँगै जारी लिगमा चार खेलबाट पुलिसले १० अंक जोडेको छ। यस्तै कोशीले भने पहिलो पराजय व्यपहोरेको हो। सुरुआतका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो। कोशीको समान खेलबाट ९ अंक छ।
पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |