TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2025 · Swadesh

रोसिंगटनको अर्धशतकमा पोखराले चितवनलाई हरायो

रोसिंगटनको अर्धशतकमा पोखराले चितवनलाई हरायो

काठमाडौँ। चितवन राइनोजलाई ८ विकेटले हराउँदै पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिगको आफ्नो यता सकाएको छ। 


त्रिवि क्रिकेट रंगशालामा शनिबार चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।


पोखराको जितमा ओपनर एडम रोसिंगटनले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रन बनाए। पहिलो विकेटको लागि उनले अर्जुन साउदसँग मिलेर १०० रनको साझेदारी गरेका थिए।


यस्तै, अर्जुनले ४३ रन बनाउँदा कप्तान कुशल भर्तेलले १० बलमा ४ रन बनाए। बलिङतर्फ चितवनको लागि रिजन ढकाल र जैबले एक विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो।


चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।


यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।


जितसँगै पोखराले ७ खेलबाट ६ अंक जोड्दै जारी सिजनको एनपिएल सकाएको छ। यता, समान खेलबाट ४ अंक रहेको चितवनले हारबाट प्रतियोगिताको अन्त्य गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →