← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2024 · Swadesh

पोखराको पहिलो जित

पोखराको पहिलो जित

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ। 

ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो। 

लुम्बिनीले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। 

पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए। उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए। लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए।

गौसले दिनेश खरेलसँग मिलेर १७६ रनको नट आउट साझेदारी गरेका थिए। यो एनपीएलमा भएको सर्वाधिक रनको साझेदारी हो। यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट ११६ रनको साझेदारी गरेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रनको योगफल तयार गरेको थियो। 

लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन्। उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए। यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए।

लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले ११० रनको साझेदारी गरे। मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए। मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए।

लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो। पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →