पोहोरको खराव प्रदर्शन बिर्सने प्रयासमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन खराव प्रदर्शन गर्ने टिममध्ये एउटा थियो, पोखरा एजेर्न्स । लिग चरणका सात खेलमध्ये दुईमा मात्र जित हात पारेको पोखराले बाँकी पाँच खेल गुमाएको थियो । यस्तोमा सिजन–टुको आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध उत्रदा उसको एउटै उद्देश्य हुनेछ, यसपल्ट भने राम्रो प्रदर्शन । त्यसको अर्थ हो, पोहोरको खराव प्रदर्शन बिर्सने प्रयास ।
गत सिजन पनि पोखराले प्रशिक्षक राजीव कुमारको नेतृत्वमा खेलेका थियो र यसपल्ट पनि उनी नै प्रशिक्षक छन् । खासमा पोहोर पोखराको प्रदर्शन निकै उतारचढावपूर्ण रह्यो, कहिले निकै तल्लो स्तरको प्रदर्शन । कहिले अविश्वनीय ढंगले उच्च प्रदर्शन । क्रिकेटमा के राम्रो मानिन्छ, त्यही टिम अब्बल हो, जसले एकै प्रकारले खेल्छ । तर पोखराको यस्तो प्रदर्शन गर्न सकेन्, प्रशिक्षक कुमार एक प्रकारले असफल रहे ।
त्यस अर्थमा यसपल्ट पोखराको प्रदर्शन के हुनेछ, त्यसको अनुमान गर्न गाह्रै छ । तर टिमको कर्तब्य हुनेछ, राम्रो प्रदर्शनका लागि प्रयास । त्यसका लागि सबैभन्दा बढी जिम्मेवार भएर खेल्नु पर्ने टिम हुनेछ, कप्तान कुशल भुर्तेल । खासमा पोहोर ब्याटबाट उनको प्रदर्शन असाध्यै खराव रह्यो । उनी प्रत्येक खेलमा संघर्ष गर्न बाध्य रहे । कम्तीमा यस्तो यसपल्ट नहोला ।
यस्तै प्रदर्शन सागर ढकालबाट पनि अपेक्षा गरिनेछ । यसपल्ट पोखरेली टिमका समर्थकका लागि सबैभन्दा उत्साहको कुरा रहेको छ, जिम्मी निसमको आगमन । उनले गत सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए । यसपल्ट पोखरा आएका छन् । तर उनले यसपल्ट भने पूरा प्रतियोगिता खेल्नेमा शंका छ । तर उनको उपस्थितिले पोखरालाई पक्कै पनि राम्रो प्रदर्शनका लागि प्रेरित गर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |