← समाचारमा फर्कनुस्
इलामलाई पराजित गर्दै पोखरा शिर्ष स्थानमा

जारी नेपाल सुपर लिग “एनएसएल” मा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल गोलले पराजित गरेको हो ।
पोखराको लागि निर्णायक गोल सञ्जिव विष्टले गोल गरेको थियो।
सञ्जिव विष्टले खेलको ४७ औं मिनेटमा कर्नर किकमा डिबक्समा क्लियर नभएको बललाई पोस्टको दिशा दिएका थिए ।
पहिलो हाफमा निकै दबाब झेलेको पोखराले दोस्रो हाफको सरूवातमा नै इलामलाई दबाब दिएको थिए।
यस जित संगै पोखरा एनएसएलको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पोखराले ४ खेलबाट ८ अंक जोडेको छ । हार पछि इलाम ३ खेलबाट ३ अंक सहित तालिकाको पाँचौं स्थानमा रहेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |