← समाचारमा फर्कनुस्
Football Dec 16, 2023 · Nepalsports

पोखरा थन्डर्स वीरगन्ज युनाइटेडलाई पराजित गर्दै दोस्रो स्थानमा

पोखरा थन्डर्स वीरगन्ज युनाइटेडलाई पराजित गर्दै दोस्रो स्थानमा

नेपाल सुपर लिग एनएसएल २ अन्तर्गत पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबारको पहिलो खेलमा दशरथ रंगशालामा पोखराले वीरगन्जलाई २-१ ले पराजित गरेको हो ।

पोखराले खेलको छैठौं मिनेटमा जो आइडुको गोलमा अग्रता लिएको थियो ।

खेलको  ११ औं मिनेटमा  वीरगन्जका लागि सुशील लामाको क्रसमा  आइकिन्स बफुरले हेडर गोल गर्दै खेलमा बराबरी गरेको थियो।

त्यस्तै खेलको ४४ औं मिनेटमा पोखराका स्टेफन अन्नोरको क्रसमा मोसेसले हेडर गोल गर्दै  २-१। को अग्रता लिएको थियो ।

यस जित संगै पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लियको छ । हीर पछि  वीरगन्ज ६ खेलमा ५ अंकका सहित ८औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →