← समाचारमा फर्कनुस्
Cricket Nov 21, 2025 · Swadesh

पोखरालाई १९४ रनको लक्ष्य

पोखरालाई १९४ रनको लक्ष्य

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो जितको खोजिमा रहेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सबाट जितको लागि १९४ रनको लक्ष्य पाएको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो।


सुदूरपश्चिमका लागि जोस ब्राउन ३५ बलमा ६८ रन बनाए। ब्राउनले ६ चौका र ५ छक्का प्रहार गर्दै आउट भए। उनलाई जिमी निसमले किरण ठगुन्नाको हातबाट क्याच गराए। 


यस्तै, क्रिस लिनले १३ बलमा ३१ रन बनाए। उनले पाँच चौका प्रहार गरे। उनलाई अभिषेक तिवारीले क्याच आउट गराए। सुदुरका कप्तान दिपेन्द्र सिंह एैरीले १० बलमा १५ रन बनाएर आउट भए। उनलाई कुशल भुर्तेलले क्याच आउट गरे। 


बिनोद भण्डारी ४३ रनमा अउट भए। उनले ४२ बलमा ६ चौका प्रहार गरे। सुदूरले १४ रन अतिरिक्तबाट पायो।


पोखराको लागि जिमी निशमले तीन, डान डाउथवेटले र आकाश चन्दले समानले दुई विकेट हात परे।


१० ओभरमै सुदूरले ९९ रन बनाएको थियो। सुदूरले पहिलो विकेट १०८ रनमा गुमाएको थियो।


यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पोखरा पराजित भएको थियो। काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →