← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2025 · Swadesh

पोखरालाई १२१ रनको लक्ष्य

पोखरालाई १२१ रनको लक्ष्य

काठमाडौँ। चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 


त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो।


चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।


यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।


दुवै टोलीले जारी सिजनको एनपिएलको अन्तिम खेल खेल्दै छन्। दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →