पोखराको पहिलो जितपछि कर्णाली समस्यामा

युवराज सम्राको शतकको मदतले पोखरा एजेन्जर्सले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन कर्णाली याक्सलाई ६३ रनले हराएको छ । लगातार चौथो हारपछि पोखराको यो पहिलो जित हो । उसको दुई अंक भएको छ र टिम अझै अन्तिम स्थानमा रहेको छ ।
कर्णालीको भने यो लगातार तेस्रो हार हो र टिम चार अंकमै सीमित रहेको छ । यो हारले कर्णालीको प्ले अफ समीकरण समस्यामा परेको छ । टिम छैटौं स्थानमा छ र अब उसले लिग चरण काट्न बाँकी खेल जित्नु पर्नेछ । त्यस स्थितिमा मात्र कर्णालीको प्ले अफ सम्भावना बन्ने छ ।
पोखराको भने अझै पनि प्ले अफ समीकरण गणितीय मात्र रहेको छ । जितका लागि २ सय १८ रनको ठूलो लक्ष्य पछएको कर्णाली १८.३ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भयो । त्यसमा पवन सर्राफले बनाएको ३२ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । पोखराका लागि मेहदी हसनले २४ रनमा तीन विकेट लिए ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पोखराले तीन विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । प्रतियोगिताकै इतिहासमा दुई सय माथिको स्कोर तयार भएको यो तेस्रो पल्ट मात्र हो । यस्तै यो प्रतियोगिताकै दोस्रो ठूलो स्कोर हो ।
सम्राले ४८ बलमै १ सय २ रन बनाए । उनले दस चौका र छ छक्का प्रहार गरे । प्रतियोगिताको इतिहासमा यो चौथो शतक मात्र हो । यो सिजनको भने यो पहिलो शतक हो । कुशल भुर्तेलले पनि ३९ बलमा ६२ रन बनाए । उनको ब्याटबाट सात छक्का निस्केको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |