← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2026 · Swadesh

पोखरा एभेन्जर्सले तीन साझेदारसँग सम्झौता गर्दै एनपिएल सिजन तीनको तयारी सुरु

पोखरा एभेन्जर्सले तीन साझेदारसँग सम्झौता गर्दै एनपिएल सिजन तीनको तयारी सुरु

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले तीन फरक साझेदारसँग सम्झौता गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच पोखरा एभेन्जर्सले नेपोभिट टायल्स, माईकोलाइफ र सिंजी ल एण्ड एसोसिएट्ससँग सहकार्य गरेको हो।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे। सोही कार्यक्रममा पोखरा एभेन्जर्सले मेडिकल पार्टनरको रूपमा माईकोलाइफसँग र लिगल पार्टनरको रूपमा सिंजी ल एण्ड एसोसिएट्ससँग पनि सम्झौता गरेको हो। माईकोलाइफका प्रमुख कार्यकारी अधिकृत त्रितन तुल्सीयन र सिंजी लको तर्फबाट सहदेव खत्रीले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता पश्चात् पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपिएलको सिजन तीनको तयारी थालिएको बताए। उनले भने, “नेपोभिट टायल्स हाम्रो क्लाइमेट पार्टनर हो। नेपालकै पहिलो टायल्स कम्पनीलाई शिरमा राखेर खेलाडीहरूले खेल्नेछन्।” त्यस्तै, मेडिकल पार्टनर माईकोलाइफले पूर्ण मेडिकल सपोर्टदेखि फिजियोथेरापीसम्मका सेवाहरू उपलब्ध गराउने उनले जानकारी दिए।

त्रिपाठीले आगामी दिनमा अन्य साझेदारहरूसँग पनि सहकार्य गर्दै जाने बताए।

नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले पछिल्लो समय नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप खेलिसकेको र नेपाली क्रिकेटप्रति सबैको चासो बढेको धारणा राखे। उनले यसअघि जनकपुर बोल्ट्ससँग सहकार्य गरेको स्मरण गर्दै यसपटक पोखरा एभेन्जर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

तीनै सम्झौताले पोखरा एभेन्जर्सको सिजन तीनको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →