← समाचारमा फर्कनुस्
Cricket Jun 30, 2025 · Swadesh

पोखराद्वारा कुशलसहित ६ खेलाडी रिटेन

पोखराद्वारा कुशलसहित ६ खेलाडी रिटेन

काठमाडौं। दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो।

पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ। रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र विपिन खत्री रहेका छन्।

रिलीज खेलाडी : अमृत गुरुङ, सुनम गौतम, दिलिप नाथ, नारायण जोशी, सुदिप अर्याल, तृतराज दास

यसअघि काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची सार्वजनिक गरिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →