← समाचारमा फर्कनुस्
Cricket Oct 27, 2026 · Swadesh

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई आफ्नो टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच सम्झाैता भएको हो ।

सम्झाैता पत्रमा शाहंशाह अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरे ।

यस सहकार्यले पोखरा एभेन्जर्सको व्यावसायिक साझेदारीलाई थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

पोखरा र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने पोखरा एभेन्जर्सले एनपीएल सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ । आगामी कात्तिक ९ देखि मंसिर ५, २०८३ सम्म सञ्चालन हुने प्रतियोगितामा टोलीले आफ्नो खेल कौशल, प्रतिबद्धता र खेल भावनामार्फत समर्थकहरूको विश्वास जित्ने लक्ष्य राखेको छ ।

द शाहंशाह अपार्टमेन्टसँगको यो सहकार्यलाई पोखरा एभेन्जर्सले नयाँ उत्साह र सम्भावनाको रूपमा लिएको छ। यस साझेदारीले टोलीको यात्रा थप सशक्त बनाउने र नेपाली क्रिकेटप्रति समर्थक तथा व्यावसायिक क्षेत्रको आकर्षण बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पोखरा एभेन्जर्स द शाहंशाह अपार्टमेन्टलाई यस सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी सिजनलाई सफल बनाउन उत्साहित छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिमसँग खेल्नेछ।



पोखरा एभेन्जर्सबारे

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिगमा सहभागी फ्रेन्चाइज टोली हो, जसले पोखरा तथा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दछ। नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रवर्द्धन र समर्थकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ टोली अघि बढिरहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →