← समाचारमा फर्कनुस्
Football Dec 25, 2023 · Nepalsports

फाईनलका लागि पोखरा र धनगढी भिड्दै

फाईनलका लागि पोखरा र धनगढी भिड्दै

नेपाल सुपर लिग एनएसएलमा आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दै छन् । दशरथ रंगशालामा सांझ ५ः३० बजे यी टोली फाइनलका लागि खेल्दै छन्। 

पोखरा लिग चरणमा पहिलो स्थान रहेको टाली हो भने धनगढी दोस्रो स्थान रहेको छ। आजको यस क्वालिफायर खेलमा जित्ने  टोली सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नु पर्नेछ। दोस्रो क्वालिफायरना भने इलिमिनेटर राउण्ड जित्ने टोलीसंग खेल्नेछ। इलिमिनेटर राउण्ड भोलि काठमाडौं र ललितपुर बिच हुनेछ।

पोखरा र धनगढी बिच लिग चरणमा बराबरी खेलको थियो। यी दुई टोलील् १-१ को बराबरी खेलेको थियो। धनगढीले पहिलो हाफमा मिसन राईको गोलमा अग्रता लिएको थियो भने पोखराले खेलको ९०औं मिनेटमा मासेसको गोलमा बराबरी गरको थियो।

दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् । धनगढी प्रतियोगिताको साविक उप विजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →