← समाचारमा फर्कनुस्
Football Dec 22, 2023 · Nepalsports

पोखरा थन्डर्स र धनगढी बराबरी, पोखरा क्वालिफायरमा

पोखरा थन्डर्स र धनगढी बराबरी, पोखरा क्वालिफायरमा

जारी नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले प्लेअफ राउण्डमा आफेनो ठांउ पक्का गरेको छ। दशरथ रंगशालामा शुक्रबार शीर्ष स्थानको पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।  

पोखरा शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । 

धनगढीले खेलको ४२ औं मिनेटमा मिलन राईको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ओलावले अफिजले पासमा गोल गरेका थियो । 

त्यस्तै खेलको ९०औं मिनेटमा मोसेस ग्याम्बाले गोल गर्दै १-१ बरारी गरेको थियो। 

यस बराबरी संगै धनगढीले ८ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने पोखरा थन्डर्स ८ खेलमा १५ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । क्वालिफायरको समिकरण ललितपुर, झापा र काठमाडौंको खेलको नतिजाले तय गर्नेछ । 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →