← समाचारमा फर्कनुस्
कर्णालीविरुद्ध पोखरा १०३ रनमा सिमित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्रै बनाउन सक्यो।
निकै राम्रो सुरुआत गरेको पोखराले ४६ रन बनाउँदा ३.५ ओभरमा पहिलो विकेट गुमाएको थियो।
पोखराको लागि ओपनर दिनेश खरेल २६ रन बनाउँदा अर्का ओपनर आन्द्रेस गौसले २५ रन बनाए। रेमन रिफरले २० रन बनाए।
यस्तै कप्ता कुशल भुर्तेल र विपिन खत्रीले समान १० रन बनाउनु बाहेक अन्यले रन बनाउन सकेनन्।
यता, पोखरालाई कम स्कोरमा रोक्क कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट हात पारे। यस्तै विपिन शर्मा, युनिस ठकुरी र कप्तान सोमपाल कामीले समान एक एक विकेट हात पारे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |