← समाचारमा फर्कनुस्
Cricket Jan 14, 2025 · Swadesh

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र एपिएफको विजयी सुरुआत

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र एपिएफको विजयी सुरुआत

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले पराजित गरेको हो।

एएिफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

कर्णालीका लागि दिक्षा पुरीले १७ तथा गौरी बोहरा र रामा बुढाथोकीले समान १० रन बनाए।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो। एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले खविजित ७८ रनको योगदान गरिन्।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाए।

यस्तै पहिलो तथा उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९।५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

सुदूरपश्चिमको जितमा रेवती धामीले अविजित २१ रन बनाइन्। यता, गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले सामन एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा सात विकेट गुमाउँदै ५५ रनको योगफल तयार पारेको थियो। बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो।

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि रेवती धामीले चार, ऋतु कनौजिया र जानकी थापाले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →