← समाचारमा फर्कनुस्
Cricket Jan 07, 2025 · Swadesh

प्रधानमन्त्री कप : उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

प्रधानमन्त्री कप : उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन्।

नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल माघ १ गते विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ। सोही दिन दिउँसो १ बजे विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन्। यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन्।

यस्तै, आर्मीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ। समूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्। यसैगरी समूह ‘बी’ मा तेस्रो र चौथो स्थानमा रहेने टोली प्लेअफमा आमने सामने हुनेछन्।

सुपर चारमा पनि एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। प्रतियोगिताको फाइनल माग १२ गते हुनेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →