← समाचारमा फर्कनुस्
प्लानिङ ब्वाइज विजयी, चित्लाङ र काक्रेबिहार बराबरीमा

काठमाडौं। राष्ट्रिय लिगअन्तर्गत बुधबार दुई खेल सम्पन्न भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा काक्रेबिहार युथ क्लब र चित्लाङ एफसी २–२ गोलको बराबरीमा रोकिए भने प्लानिङ ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गरेको छ।
दिनको पहिलो खेलमा काक्रेबिहारका लागि भरत नगाल र सन्दिप देउवाले गोल गरे। चित्लाङका तर्फबाट चेतनकुमार थारु र एरोन थापाले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए। खेलको सुरुआती अग्रता भने काक्रेबिहारले बनाएको थियो।

दोस्रो खेलमा प्लानिङ ब्वाइजको जितमा फागुराम थारु नायक बने। उनले खेलका दुवै गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अंक दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |