← समाचारमा फर्कनुस्
Cricket Sep 01, 2023 · Nepalsports

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौँ– बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन्। शुक्रबार ललितपुरमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिवेशनबाट उनी निर्वाचित भएका हुन्।

उनले २३ मत ल्याए। पारसलाई काठमाडौँका अध्यक्ष दीवाकर घले, ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र मकवानपुरका अध्यक्ष करन महत्रा क्षेत्रीले समर्थन गरेका थिए। 

उनका निकटतम प्रतिस्पर्धी उमेश पियाले १४ मत ल्याए। उनलाई चितवनका अध्यक्ष सुदीप पिया र नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकले समर्थन गरेका थिए।

त्यस्तै, उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री निर्वाचित भए। उनले २३ मत ल्याए। उनका प्रतिस्पर्धी रूपक रञ्जितले १४ मत ल्याए।

सचिवमा प्रशन्न शाक्य २३ मत ल्याए विजयी भए। उनका प्रतिस्पर्धी प्रज्वल सापकोटाले १४ मत पाए।

कोषाध्यक्षमा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी विजयी बोहोराले १४ मत पाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →