पाकिस्तानसंग नेपाल २३८ रनले पराजित

काठमाडौं । घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछाएको नेपालले एशिया कपको पहिलो खेलमा २३८ रनले हार बेहोरेको छ।
नेपालले २३।४ ओभरमा अलआउट हुँदै १०४ रन मात्र बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले २८ रन बनाए भने आरिफ सेखले २६ रन बनाए। त्यस्तै गुलशन झाले १३ रन बनाए। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पाकिस्तानका बलर शडाव खानले सर्बाधिक ४ विकेट लिए भने शाहीन शाह अफ्रिदी र हरिस राउफले २(२ विकेट लिए। त्यस्तै नसीम शाह र मोहमद नवाजले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।
नेपाललाई बिशाल लक्ष्य दिने क्रममा पाकिस्तान कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतकीय पारी खेलेका थिए ।
बाबर आजमले आफ्नो १९औं एकदिवसीय शतक बनाउदै १५१ रन बनाएका थिए । बाबरले ५५ रन बनाएर खेलिरहेको बेला करण केसीले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए।
त्यस्तै इफ्तिखार अहमदले आफ्नो पहिलो एकदिवसीय शतक बनाउदै अविजित १०९ रनको पारी खेलेका थिए।
त्यस्तै पाकिस्तानका फखर जमानले १४, इमाम उल हक र सलमान अघमले ५(५ रन बनाए भने मोहमद रिजवान ४४ रन बनाएर आउट भएका थिए।
त्यस्तै नेपाली बलर सोमपाल कामीले २ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |